दफा २७
व्यवस्थापक समक्ष उजूरी दिन सक्ने
: (१) कुनै प्रतिष्ठानले दफा २४ को उपदफा (३), (४), (५) वा (६) को व्यवस्था पालन नगरेको कारणबाट कुनै व्यक्तिलाई मर्का पर्न गएमा त्यस्तो व्यक्तिले व्यवस्थापक समक्ष उजूरी दिन सक्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि “व्यवस्थापक” भन्नाले प्रतिष्ठानको काम कारबाहीमा अन्तिम निर्णय गर्न पाउनेअधिकारी सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम उजूरी परेमा व्यवस्थापकले पन्ध्र दिनभित्र त्यस्तो उजूरी उपर आवश्यक जाँचबुझ गर्नु पर्नेछ र त्यसरी जाँचबुझ गर्दा उजूरीको व्यहोरा मनासिब देखिएमा आवश्यक सुधार गर्न वा त्रुटी सच्याउनु पर्नेछ ।